काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
४ हजार ३ सय २९ जनाको पीसीआर परीक्षण गर्दा २४५ जना र २ हजार १ सय ४० जनाको एन्टिजेन परीक्षण गर्दा १० जना गरी २५५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो सोहि अवधिमा संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने २५६ जना निको भएका छन् । आज थपिएसँगै देशभर संक्रमितको कुल संख्या ९ लाख १६ हजार ८६४ पुगेको छ । ती मध्ये ११ हजार ५२६ जनाको मृत्यु भएको छ भने ८ लाख २ हजार ९०९ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल ६ हजार ९३१ ज्ना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ६ हजार ५८९ जना होम आइसोलेसनमा रहेका छन् भने ३४२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यसमध्ये ११६ जना आईसीयू र ३३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।