Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

संसद्को अवरोध र एमसीसीबारे छलफल गर्न देउवाले बोलाए सर्वदलीय बैठक

संसद्को अवरोध र एमसीसीबारे छलफल गर्न देउवाले बोलाए सर्वदलीय बैठक

  • शनिवार, पौष ३ २०७८

  • 1.1K
    SHARES

  • संसद्को अवरोध र एमसीसीबारे छलफल गर्न देउवाले बोलाए सर्वदलीय बैठक

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनुभएको छ । आइतबार दिउँसो ४ बजेका बैठक बोलाइएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द परियारले जानकारी दिनुभयो ।

    शुक्रबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको थियो । बालुवाटारमा भएको भेटवार्तामा संसदमा भइरहेको अवरोध हटाउन तथा एमसीसी लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएर अघि बढ्नुपर्ने विषयमा दुई नेता सहमत भएका थिए ।

    संघीय संसद्का दुवै सदनमा एमालेले अवरोध गर्दै आएको छ । त्यस्तै, अमेरिकासँग गरिएको एमसीसी सम्झौता लामो समयदेखि संसद्मा दर्ता भएर बसेको छ । उक्त सम्झौता संसद्बाट पास गर्नका लागि अमेरिकाले दबाब दिँदै आएको छ । तर सत्तारुढ दलहरूबीच नै एकमत नहुँदा एमसीसी सम्झौता अगाडि बढ्न सकेको छैन ।

    सर्वदलीय बैठकमा संसद्मा रहेका सबै राजनीतिक दलहरूलाई बोलाइएको बताइएको छ ।


    शनिवार, पौष ३ २०७८०४:३५:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij