काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा १३३ जना र ५ हजार ४१ जनाको एन्टिजेन परीक्षण गर्दा ४८ जना गरी १८१ जनामा संक्रमण देखिएकोे छ ।
यस्तै सोहि अवधिमा संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने २८९ जना निको भएका छन् ।
योसँगै नेपालमा संक्रमितको कुल संख्या ९ लाख २१ हजार ७१७ पुगेको छ । ती मध्ये ८ लाख ८ हजार ९२ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ५७३ जनाको मृत्यु भक्एो छ ।
मन्त्रालयका अनुसार हाल देशभर ५ हजार २७१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५ हजार ०२३ जना होम आइसोलेसनमा रहेका छन् भने २४८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै २६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।