Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

माओवादीको राष्ट्रिय सम्मेलनमा १,५३३ जना सहभागी हुने, कुन ठाउँबाट कति ?

माओवादीको राष्ट्रिय सम्मेलनमा १,५३३ जना सहभागी हुने, कुन ठाउँबाट कति ?

  • बुधवार, पौष ७ २०७८

  • 944
    SHARES

  • माओवादीको राष्ट्रिय सम्मेलनमा १,५३३ जना सहभागी हुने, कुन ठाउँबाट कति ?

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा १,५३३ जना प्रतिनिधि सहभागी हुने भएका छन् ।

    बुधबार(आज) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता कृष्णबहादुर महराले आयोजक समितिका १७९, सल्लाहकार १४९, ज्येष्ठ कम्युनिस्ट १२५, विभिन्न आयोगबाट ७५ जना, केन्द्रीय विभागबाट १०२ जना र केन्द्रीय प्रतिनिधि २७ जना प्रतिनिधि राष्ट्रिय सम्मेलनमा सहभागी हुने जानकारी दिनुभएको छ ।

    त्यस्तै प्रदेशहरुबाट छनोट भएर आएका ८०३ जना र ७३ जना मनोनीत हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । माओवादीको राष्ट्रिय सम्मेलन पुस ११, १२ र १३ गते प्रज्ञा भवन कमलादीमा हुँदैछ ।

    प्रदेश प्रतिनिधिहरु प्रदेश १ बाट ९६, प्रदेश २ बाट १०६, वागमतीबाट १२८, गण्डकीबाट ७४, लुम्बिनीबाट १०५, कर्णालीबाट ८७, सुदूरपश्चिमबाट ८४, प्रवासबाट ३४, विशेष प्रदेशबाट ४२ र सम्पर्क समन्वय समितिहरुबाट ४३ जना छनोट हुनेछन् ।


    बुधवार, पौष ७ २०७८०२:५७:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij