काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्षका पुष्पकमल दाहाल ’प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको वर्तमान हालत ’आगोसँग खेल्न खोज्दा’ भएको बताउनुभएको छ । नेकपा मसाल (सम्पर्क केन्द्र)सँग एकता गर्दै उहाले आफूलाई आगोको संज्ञा दिँदै खेल्ने दुस्साहस नगर्न समेत चुनौती दिनुभएको छ ।
प्रचण्डले भन्नुभयो, ’आगोसँग खेल्ने दुस्साहस नगर्नुहोस्। आगोसँग खेल्दा के भयो भने कोही बालुवाटरबाट बालकोट पुगे र ६ प्रदेशकै मुख्यमन्त्री चैट भयो ।’
थप हालत आगामी निर्वाचनमा देखिने उहाले बताउनुभएको छ । अघिल्लो पर्ष पुस ५ मा प्रतिक्रान्ति सुरु भएको बताउँदै उहाले निर्ममतापूर्वक प्रतिगामी षड्यन्त्र चालिएको उल्लेख गर्नुभ्यो । उहाले भन्नुभयो, ’पार्टीभित्र अन्तरसंघर्ष चर्किएकाले संसद् विघटन गरियो रे। हामी एकजुट भएर प्रतिक्रान्तिको हुरी रोक्न सकिन्छ ।’
एकता घोषणा कार्यक्रम ओलीका ’सय चोट’मा लुहारको ’एकचोट’ भएको बताउनुभएको छ । ओलीप्रति लक्ष्य गर्दै उहाले भन्नुभयो, ’केही मान्छेको सिला खोज्दै हिँड्ने गरेका छन् । धेरै त भन्दिनँ– आजको एकता अभियान सुनारको सय चोट, लुहारको एकचोट भनेजस्तै भएको छ । आज हामीले लोहारको एकै चोट हान्यौं ।’
एकताबाट कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने प्रक्रिया थालिएको बताउनुभयो । उहाले भन्नुभयो, ’कम्युनिस्ट आन्दोलनलाई बिसर्जन गर्न चाहनेलाई चुनौती दिन चाहन्छौं । यो सन्देश देश र विश्वभरि प्रवाहित भएको छ ।’
उहाले यसअघि एमालेसँग गरेको एकता केपी ओलीले सत्तामा पुग्ने भ¥याङको रुपमा प्रयोग गर्दा विश्वासघातको रुपमा पुगेको समेत बताउनुभयो । प्रचण्डले इमान्दार क्रान्तिकारीहरु बीचको दिगो एकताले नै प्रतिक्रान्तीकारीहरुलाई परास्त गर्न सकिने बताउनुभएको छ ।