काठमाडौँ । नेपाली महिला भलिबल टोलीले आयोजक बंगलादेशमाथि एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा आज सहज जित निकालेको छ ।
बंगलादेशको ढाकास्थित सहिद सुरावर्दी कर्भडहलमा प्रतियोगिताको तेस्रो दिनमा नेपालले घरेलु टोलिमाथि २५–५, २५–१५ र २५–१७ को सोझो सेटमा पराजित ग¥यो ।
नेपाली महिला टोलीको यो लगातार तेस्रो जित हो । जितसंगै महिला टोलीले शीर्ष दुईमा रहेर फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । महिला टोलीले आइतबार दिउँसो सवा १ बजे उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघि साविक विजेता नेपालले आफ्नो पहिलो खेलमा बिहीवार श्रीलंकाविरुद्ध ३–२ र शुक्रबार माल्दिभ्सविरुद्ध ३–० को
जित निकालेको थियो ।
आज नै हुने पुरुषतर्फको खेलमा साँझ पौने ६ बजे नेपाली पुरुष टोलीले श्रीलंकाको सामना गर्दैछ ।