Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

देशभर कोरोनाका १६७ जना संक्रमित थपिए,२२६ जना संक्रमणमुक्त

देशभर कोरोनाका १६७ जना संक्रमित थपिए,२२६ जना संक्रमणमुक्त

  • शनिवार, पौष १० २०७८

  • 712
    SHARES

  • देशभर कोरोनाका  १६७ जना संक्रमित थपिए,२२६  जना संक्रमणमुक्त

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २८३ पीसीआर परीक्षणमा १५७ जना र २ हजार १६४ एन्टिजेन परीक्षणमा १० जना गरी १६७ जनामा संक्रमण पुष्टि भएको हो ।

    आज थपिएकामध्ये काठमाडौं जिल्लाका ६८, ललितपुरका २६ र भक्तपुरका ४ जना रहेका छन् ।

    पछिल्लो सोहि अवधिमा संक्रमणका कारण १ जनाको मृत्यु भएको छ भने संक्रमणमुक्त हुनेको संख्या २२६ रहेको छ । हाल देशभर ४ हजार ९७८ जना सक्रिय संक्रमित रहेका छन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ५५ हजार ४५८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म २ करोड ३० लाख ९५ हजार ६४७ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ । यसमध्ये ९९ लाख ८५ हजार ५६८ जनाले पूर्ण मात्रा र १ करोड ३१ लाख १० हजार ७९ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ ।


    शनिवार, पौष १० २०७८०४:४४:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij