Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राजेन्द्र लिङ्देनद्धारा ३१ जना केन्द्रीय सदस्य मनोनित, (हेर्नुहोस सुचिसहित)

राजेन्द्र लिङ्देनद्धारा ३१ जना केन्द्रीय सदस्य मनोनित, (हेर्नुहोस सुचिसहित)

  • मंगलवार, पौष २० २०७८

  • 548
    SHARES

  • राजेन्द्र लिङ्देनद्धारा ३१ जना केन्द्रीय सदस्य मनोनित, (हेर्नुहोस सुचिसहित)

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्यहरू मनोनयन गरेका छन्। मंगलबार लिङ्देनले ३१ जना केन्द्रीय सदस्य मनोनयन गरेका हुन्।

    राप्रपामा पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था छ। पहिलो चरणमा ३१ जना केन्द्रीय सदस्य मनोनयन गरिएको लिङ्देनको सचिवालयले जनाएको छ। गत मंसिरमा भएको राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षसहित १४९ जना निर्वाचित भएका थिए।

    दोस्रो चरणमा पदाधिकारीहरू मनोनयन गर्ने कार्यक्रम रहेको बताइएको छ। राप्रपामा चार उपाध्यक्ष, तीन महामन्त्री, सात सहमहामन्त्री, सात सहायक महामन्त्री, प्रवक्ता, सहायक प्रवक्ता, कोषाध्यक्ष र सहायक कोषाध्यक्ष मनोनयन गर्ने प्रावधान छ।

    लिङ्देनले मनोनीत गरेकाहरूमा शाहीकालका मन्त्री टंक ढकाल, पूर्वमन्त्री दीपक बोहरालगायत छन्।

    (हेर्नुहोस सुचिसहित)

    raparpa.jpg


    मंगलवार, पौष २० २०७८०३:१२:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij