Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बाँकेमा बाघको आक्रमणबाट महिलाको मृत्यु

बाँकेमा बाघको आक्रमणबाट महिलाको मृत्यु

  • बिहिवार, पौष २२ २०७८

  • 1.1K
    SHARES

  • बाँकेमा बाघको आक्रमणबाट महिलाको मृत्यु

    काठमाडौंः बाँकेको बैजापुरमा बाघको आक्रमणबाट महिलाको मृत्यु भएको छ। राप्ती सोनारी गाउँपालिका–४ पर्सोनाकी ५४ वर्षीया लीला बिष्टको मृत्यु भएको हो।

    प्रहरीका अनुसार जंगलमा घाँस काट्न गएको बेलामा बिहीबार मध्यान्ह १२ बजेतिर बाघले आक्रमण गरेको थियो।

    गाउँका तीन जना महिलाहरू स्थानीय जलहन सामुदायिक वनको तीनपाने भन्ने स्थानमा घाँस काट्न गएका थिए। घाँस काट्न गएकी विष्टलाई एक्कासी बाघले झम्टेको थियो।

    उनलाई घिसार्दै घटनास्थलबाट करिव २० मिटर पर लगेर खाँदै गरेको अवस्थामा प्रहरीले दुई राउण्ड हवाई फायर गरेर शव नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज प्रहरी नायव निरीक्षक मुकुन्द सिग्देलले जानकारी दिए।

    राप्ती सोनारी गाउँपालिका–४ को जंगलमा केहीदिन यता पाटेबाघ देखा परिरहेको स्थानीयले बताएको प्रहरीले जनाएको छ। यसअघि बुधबार जंगलमा पात टिप्न गएको समयमा एक महिलालाई पनि आक्रमण गरेको थियो। उनी बाँच्न सफल भएकी थिइन्।

    बाँकेमा तीन महिनाको अवधिमा मात्रै बाघको आक्रमणबाट यो सहित ३ जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।


    बिहिवार, पौष २२ २०७८०४:२१:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij