Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

निरन्तर बढ्दै कोरोना, थप ५४० जनामा संक्रमण पुष्टि

निरन्तर बढ्दै कोरोना, थप ५४० जनामा संक्रमण पुष्टि

  • बिहिवार, पौष २२ २०७८

  • 701
    SHARES

  • निरन्तर बढ्दै कोरोना, थप ५४० जनामा संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो दिनमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अघिल्लो दिन ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा बिहीबार (आज) १०५ जना बढी अर्थात ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि मंगलबार देशभर ३९३ जनामा कोरोना सङ्क्रमण देखिएको थियो भने सोमबार ३२६ र आइतबार २१६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार २०९ जनाको पीसीआर परीक्षण गर्दा ४७८ जना र ४ हजार ८९० एन्टिजेन परीक्षण गर्दा ६२ जना गरी ५४० जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २७१ रहेको छ भने एक जनाको मृत्यु भएको छ ।

    आज काठमाडौं उपत्यकामा थप ३१० जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा २२१, ललितपुरमा ५९ र भक्तपुरमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका जनाएको छ ।

    आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २६ हजार ९२५ पुगेको छ । तीमध्ये ११ हजार ६०२ जनाको मृत्यु भएकको छ भने ८ लाख १३ हजार ४४७ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर ५ हजार ४३१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५ हजार ६९ जना होम आइसोलेसनमा रहेका छन् भने ३६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ७९ जना आईसीयू र १४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।


    बिहिवार, पौष २२ २०७८०५:१८:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij