Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभा निर्वाचनमा अलि प्रतिकूल परिणाम आउनसक्छ तर नआत्तिनु होलाः ओली

राष्ट्रियसभा निर्वाचनमा अलि प्रतिकूल परिणाम आउनसक्छ तर नआत्तिनु होलाः ओली

  • शुक्रवार, पौष २३ २०७८

  • 546
    SHARES

  • राष्ट्रियसभा निर्वाचनमा अलि प्रतिकूल परिणाम आउनसक्छ तर नआत्तिनु होलाः ओली

    काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा आफ्नो पार्टीले सोचे अनुसारको परिणाम हासिल गर्न नसक्ने स्वीकार गर्दै यसबाट आत्तिन भने जरुरी नरहेको प्रस्ट पारेका छन् ।

    पार्टीको जिल्ला अधिवेशनलाई भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उनले संसदीय संघर्षको मैदानमा एमालेमाथि गर्न सक्ने हानिकारक प्रहारको अन्तिम किस्ता नै यो राष्ट्रियसभाको निर्वाचन हुने बताए ।

    माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनको परिणाम एमालेका लागि अलि प्रतिकुल आउन सक्ने भन्दै उनले त्यो आजको जनमत र आजको यथार्थ नहुने पनि बताए । उनले भने, ‘साढे चार वर्ष अघि जनमत ल्याउँदा विभिन्न पक्षलाई सन्तुलन मिलाएर, विभिन्न प्रकारका व्यवस्थापनका नाममा त्यसलाई सम्बोधन गर्ने नाउँमा सीट बाँडेका थियौं ।’

    अहिले कम्युनिस्ट आन्दोलनलाई भित्रैबाट सखाप पार्न केही तत्व लागेको र पुरानो जनमतलाई समेटेर गठबन्धन बनाएको भरमा एमालेसँग उनीहरुले प्रतिस्पर्धा गरिरहेको ओलीको भनाइ थियो ।

    ‘अहिले पनि हामी एक्लै अरु पार्टी भन्दा मजबुत छौं । हिजोको जनमत र हिजोको परिस्थिति दुरुपयोग गरेर प्रतिकुल परिणाम आउन सक्छ,’ उनले भने, ‘तर त्यो आजको जनमत, आजको यथार्थ होइन । यसमा हाम्रो सकारात्मक परिणाम आएन भनेर अनौठो मान्न कुनै आवश्यकता छैन ।’

    जो जति कमजोर छ, त्यसले नै उत्तिकै चर्को स्वरमा यो गठबन्धन चुनावसम्म जानुपर्छ भनेर कराइरहेको उनले बताए । ‘एमालेलाई गठबन्धन चाहिएको छैन,’ उनले भने, ‘एक्लै चुनौती सामना गर्न सक्छ ।

    देशका लागि खटेको, जनताका लागि काम गरेको विकासप्रेमी, शान्तिप्रेमी पार्टी हो । जनताको पार्टी हो, जनताबाट कसैले अलग गर्न सक्दैन ।’


    शुक्रवार, पौष २३ २०७८०१:४२:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij