Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपालमा एकैदिन ९६८ जनामा कोरोना संक्रमण

नेपालमा एकैदिन ९६८ जनामा कोरोना संक्रमण

  • शुक्रवार, पौष २३ २०७८

  • 546
    SHARES

  • नेपालमा एकैदिन ९६८ जनामा कोरोना संक्रमण

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १४ हजार ९७१ परीक्षणमा ९६८ जनामा संक्रमण पुष्टि भएको हो ।

    हिजो ५४० जनामा संक्रमण पुष्टि भएकामा एकै दिन संक्रमितको संख्या ४०० भन्दा बढी थपिएका हुन् ।

    कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।

    त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६२ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ७४१ रहेको छ ।

    पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा २८४, ललितपुरमा ६२, मोरङमा २९, भक्तपुरमा २३, चितवनमा २०, दाङमा १५, कास्कीमा १३, धनुषामा १०, सुनसरीमा ९, काभ्रे र कैलालीमा ८/८ जनामा संक्रमण पुष्टि भएको छ ।


    शुक्रवार, पौष २३ २०७८०४:३४:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij