Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

उपत्यकामा १४ जनामा कोरोना संक्रमण, संक्रमितको कूल संख्या १३ हजार ५६४ पुग्यो

उपत्यकामा १४ जनामा कोरोना संक्रमण, संक्रमितको कूल संख्या १३ हजार ५६४ पुग्यो

  • मंगलवार, आषाढ १६ २०७७

  • 743
    SHARES

  • उपत्यकामा १४ जनामा कोरोना संक्रमण, संक्रमितको कूल संख्या १३ हजार ५६४ पुग्यो

    काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ३१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं उपत्यकाकामात्रै १४ जना रहेका छन् ।  संक्रमितमा काठमाडौंका १२ जना,  भक्तपुरका १ र ललितपुरका १ जना रहेका छन् । 

    मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा उपत्यकाका १४ सहित थप ३१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

    नयाँ संक्रमितमा ७१ महिला र २४५ रहेका छन् भने योसँगै देशभर कूल संक्रमितको संख्या १३ हजार ५६४ पु्गेको छ । 

    यसैबीच बितेको २४ घण्टामा थप ६० जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । जसमा ९ महिला र ५१ पुरुष गरी ६० जना रहेका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ३ हजार १९४ जना पुगेको छ । 

    पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ११ जनाको कोरोना परीक्षण गरिएको छ । अहिलेसम्म पीसीआर विधिबाट २ लाख २८ हजार ३ सय ४१ जनाको परीक्षण भएको छ ।

    यस्तै आरडिटी विधिबाट आजसम्म २ लाख ९७ हजार ८ सय ७१ जनाको परीक्षण भएको छ ।

    अहिले देशभरीका क्वारेन्टिनमा ५३ हजार ७० जना रहेका छन् । देशका विभिन्न अस्पतालमा १० हजार ३ सय ४१ जना आइसोलेसनमा उपचाररत रहेका छन्  । 


    मंगलवार, आषाढ १६ २०७७०७:१४:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij