Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

युक्रेनको विषयलाई लिएर रुसले कठोर विकल्पको सामना गरेको अमेरिकाको टिप्पणी

युक्रेनको विषयलाई लिएर रुसले कठोर विकल्पको सामना गरेको अमेरिकाको टिप्पणी

  • बिहिवार, पौष २९ २०७८

  • 1.0K
    SHARES

  • युक्रेनको विषयलाई लिएर रुसले कठोर विकल्पको सामना गरेको अमेरिकाको टिप्पणी

    युक्रेनको विषयलाई लिएर रुसले कठोर विकल्पको सामना गरेको अमेरिकाले टिप्पणी गरेको छ । अमेरिकी उपविदेशमन्त्री वेन्डी शरमनले रुसले पश्चिमसँग कुटनीतिक वा मुठभेडमध्ये एउटा रोज्नैपर्ने भन्दै चेतावनी दिनुभएको छ ।

    उत्तर एट्लान्टिक सन्धी सङ्गठन नेटो र रुसबीच भएको वार्तापछि बोल्दै उहाँले यो चेतावनी दिनुभएको हो । युक्रेनको विषयलाई लिएर देखिएको तनाव घटाउने उद्देश्यसहित ब्रसेल्समा नेटो र रुस काउन्सिलको वार्ता भएको थियो ।

    रुसले युक्रेन नेटोमा सामेल हुन नहुने बताउँदै आएको छ । सन् १९४९ मा स्थापना भएको नेटो प्रतिरक्षाका लागि बनेको गठबन्धन हो र यसमा ३० देश सदस्य छन् ।

    ब्रसेल्समा भएको वार्तापछि बोल्दै रुसका उपविदेशमन्त्री अलेक्जेण्डर ग्रुस्कोले नेटोको पूर्वतर्फको विस्तारले आफ्नो देशका लागि स्वीकार गर्न नसक्ने खालको खतराहरू पैदा गरेको बताउनुभएको बीबीसीले जनाएको छ।


    बिहिवार, पौष २९ २०७८०२:३१:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij