Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुशान्त सिंह राजपूत मृत्यु प्रकरणः तत्काल बयान नलिन रियाको आग्रह

सुशान्त सिंह राजपूत मृत्यु प्रकरणः तत्काल बयान नलिन रियाको आग्रह

  • शुक्रवार, श्रावण २३ २०७७

  • 735
    SHARES

  • सुशान्त सिंह राजपूत मृत्यु प्रकरणः तत्काल बयान नलिन रियाको आग्रह

    एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु घटनामा आरोपहरुबाट घेरिएकी नायिका रिया चक्रवर्तीले प्रवर्तन निर्देशालय अर्थात ईडीलाई तत्काल आफ्नो बयान नलिन आग्रह गरेकी छन्।

    उनले आफ्नो याचिका सर्वोच्च अदालतमा विचाराधीन रहेको बताउँदै त्यसको आदेश आएपछि मात्रै बयान लिन आग्रह गरेकी हुन्। तर उनकाे यो आग्रह अस्वीकृत भएको छ। ईडीले रिया चक्रवर्तीलाई नोटिस जारी गरेर शुक्रबार बयानका लागि बोलाएको छ।

    ईडी यस घटनामा कथित वित्तीय अनियमितताको जाँच गरिरहेका छ। सुशान्त सिंह राजपूतको शव जुन १४ मा उनको मुम्बईस्थित घरमा भेटिएको थियो । मुम्बई प्रहरीले यसलाई आत्महत्या मानेर जाँच गरिरहेको छ ।

    तर यो घटनामा नयाँ मोड त्यसबेला आयो जब सुशान्त सिंह राजपूतका बुवाले रिया चक्रवर्तीमाथि गम्भीर आराेप लगाउँदै बिहारको राजधानी पटनामा एफआईआर दर्ता गरे।

    बिहार प्रहरी र मुम्बई प्रहरीमा जाँचको कार्यक्षेत्रलाई लिएर विवाद पनि चलिरहेको छ र यो विषय अहिले सर्वोच्च अदालतमा छ।

    रिया चक्रवर्तीले सर्वोच्च अदालतमा बिहार प्रहरीको जाँचमाथि सवाल उठाएका थिइन्। यसैबीच बिहार सरकारले यो घटनामा सीबीआई जाँचको  सिफारिस गरेको छ र केन्द्र सरकारले यसमा अनुमति दिएको छ।


    शुक्रवार, श्रावण २३ २०७७०२:५९:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij