Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

  • बिहिवार, माघ ६ २०७८

  • 866
    SHARES

  • आज यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौं । देशका विभिन्न ठाउँमा आज वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    आज देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ भने पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा पनि सामान्य हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

    यस्तै, प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

    देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन विभागको आग्रह छ ।


    बिहिवार, माघ ६ २०७८०८:२१:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij