Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सार्वजनिक सेवा लिन आजदेखि खोप कार्ड अनिवार्य, कार्ड हराएको भए के गर्ने ?

सार्वजनिक सेवा लिन आजदेखि खोप कार्ड अनिवार्य, कार्ड हराएको भए के गर्ने ?

  • शुक्रवार, माघ ७ २०७८

  • 968
    SHARES

  • सार्वजनिक सेवा लिन आजदेखि खोप कार्ड अनिवार्य, कार्ड हराएको भए के गर्ने ?

    काठमाडौं – सार्वजनिक सेवा लिन अनिवार्य रुपमा खोप कार्ड देखाउनुपर्ने नियम लागू भएको छ । सरकारले शुक्रबार अर्थात आजदेखि सार्वजनिक स्थलमा प्रवेश गर्न र सेवा लिनका लागि खोप कार्ड देखाउनुपर्ने नियमलाई लागू गरेको हो ।

    अब कार्यालय, होटल, फिल्म हल, रंगशाला, हवाईयात्रा गर्दा कोरोनविरुद्धको खोप लगाएको कार्ड वा फोटो अनिवार्य रुपमा देखाएर मात्रै प्रवेश गर्न पाइने छ । सरकारले खोप कार्ड अनिवार्य गरेसँगै केही मानिसको खोप लगाएको कार्ड हराएकोले नयाँ प्रतिलिपि बनाउनुपर्ने हुन्छ ।

    पहिले लगाएको खोप कार्डका आधारमा बुस्टर डोज दिइने भएकाले खोप कार्ड अनिवार्य नै चाहिन्छ । त्यसैले अब खोप कार्ड हराए के गर्ने त ? स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हराएमा खोप कार्डको प्रतिलिपि उपलब्ध गराउने जनाएको छ ।

    मन्त्रालयका अनुसार तीन तरिकाबाट हराएको खोप कार्ड लिन सकिन्छ । पहिलो दुवै मात्रा खोप लगाइसकेको भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिन्छ ।

    दोस्रो जोन्सन एण्ड जोन्सन खोप लगाएको भए सोही केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिन्छ ।

    तेस्रो पहिलो मात्रा खोप लगाएकाले खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिन्छ ।


    शुक्रवार, माघ ७ २०७८०१:३७:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij