Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

देशभर थप १० हजार ७०३ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै ५ हजार बढी संक्रमीत थपीए

देशभर थप १० हजार ७०३ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै ५ हजार बढी संक्रमीत थपीए

  • शुक्रवार, माघ ७ २०७८

  • 638
    SHARES

  • देशभर थप १० हजार ७०३ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै ५ हजार बढी संक्रमीत थपीए

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ६१८ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ८१५ तथा ४ हजार ४७४ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८८८ जना गरी १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्‍यु भएको छ भने ७६६ जना निको भएका छन् ।

    शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १० लाख ६ हजार ५९१ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६३५ पुगेको छ भने ८ लाख १९ हजार ५७५ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६५ हजार ३७४ जना रहेका छन् । जसमध्ये ६३ हजार ७३४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ६४० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १९४ जना आईसीयू र ३५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    यस्तै १० वर्ष मुनिका १५३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ५२३ जना कोरोना संक्रमित थपिएका छन् ।

    उपत्यकामा ५ हजार २९९ संक्रमित थपिए

    काठमाडौं उपत्यकामा मात्रै एकै दिन ५ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४,२७९, ललितपुरमा ५६७ र भक्तपुरमा ४५३ जनामा कोरोना संक्रमण देखिएको हो ।


    शुक्रवार, माघ ७ २०७८०४:३९:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij