काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि अज्ञात समूहले आक्रमणको प्रयास गरेको छ ।
आज बिहान ११ बजे काँडाघारीको उकालोमा उनी चढेको ००२ झ ४९१५ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार गरिनुका साथै भौतिक आक्रमणको प्रयास गरिएको आयोगले जनाएको छ ।
गिरीले आफू निवासबाट कार्यलयतर्फ जाँदैगर्दा सो आक्रमण भएको र प्रहरीमा उजुरीसमेत दिइसकेको बताएका छन् । ढुंगा प्रहारबाट गाडीको पछाडिको सिसा फुट्नुका साथै क्षति भएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
गिरीमाथि भएको यो घटना अमानवीय र अनैतिक भएको भन्दै सो कार्यमा संलग्न समूहको पहिचान गरी कडाभन्दा कडा काबाही गर्न आयोगले माग गरेको छ ।
