Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बिना निष्कर्ष सकियो सत्तारूढ गठबन्धनको बैठक, चार बजे पुनः बस्ने

बिना निष्कर्ष सकियो सत्तारूढ गठबन्धनको बैठक, चार बजे पुनः बस्ने

  • शनिवार, माघ १५ २०७८

  • 619
    SHARES

  • बिना निष्कर्ष सकियो सत्तारूढ गठबन्धनको बैठक, चार बजे पुनः बस्ने

    काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपराह्न चार बजे पुनः बस्ने गरी सकिएको छ ।

    शनिबार(आज) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक स्थानीय तहको निर्वाचनको मिति तय गर्नेबारे केन्द्रित रहेको बताइएको छ। अनौपचारिक जानकारी अनुसार अपराह्न ४ बजे बस्ने बैठकले त्यस सम्बन्धमा आवश्यक निर्णय गर्नेछ ।

    स्थानीय तहको निर्वाचन मात्र नभई तीन वटै तहको निर्वाचन एकैपटक गर्ने विषयमा पनि सत्तारुढ दलहरुबीच छलफल भईरहेको छ भने बैशाख भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको माग छ ।

    निर्वाचन आयोगले वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न आग्रह गरेपछि गठबन्धन सरकार दबावमा छ ।

     

     


    शनिवार, माघ १५ २०७८१२:२७:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij