Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेकपा अध्यक्ष ऋषि कट्टेल पार्टीबाट निष्काशीत

नेकपा अध्यक्ष ऋषि कट्टेल पार्टीबाट निष्काशीत

  • आइतवार, माघ १६ २०७८

  • 1.6K
    SHARES

  • नेकपा अध्यक्ष ऋषि कट्टेल पार्टीबाट निष्काशीत

    काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीले अध्यक्ष ऋषिराम कट्टेललाई पार्टीबाट निस्काशन गरेको छ। गोरखाको कट्टेलडाँडाका ऋषिराम लामो समयदेखि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष थिए।

    अध्यक्ष कट्टेललाई कार्यबाहक अध्यक्ष लोकनारायण सुवेदीले साधारण सदस्य पनि नरहने गरी पार्टीबाट निकालेको उल्लेख गर्दै विज्ञप्ति जारी गरेका छन्।

    दलको अहितमा काम गरेको आरोपसहित कट्टेललाई पार्टीले स्पष्टीकरण सोधेको थियो। केन्द्रीय समितिले माघ ५ मा जाँचबुझ समिति गठनसमेत गरेको थियो।

    उक्त समितिको माघ ७ को निर्णयअनुसार स्पष्टीकरण सोधिएकोमा अध्यक्ष कट्टेलले कुनै जवाफ नदिएपछि साधारण सदस्यसमेत नरहने गरी पद र जिम्मेवारीबाट हटाइएको कार्यबाहक अध्यक्ष सुवेदीले माघ १३ मा जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    कट्टेलले नेपाल कम्युनिष्ट पार्टी आफूहरूले दर्ता गरेको भन्दै नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेकपाविरूद्ध सर्वोच्चमा मुद्दा दिएर जितेका थिए।

    यता आफूलाई पार्टीको एक गुटले कारबाहीको विज्ञप्ति जारी गरेको अध्यक्ष कट्टेलले बताएका छन् । ‘सडकबाट अध्यक्ष निकालेर निस्कन्छ ? यो पार्टी त निर्वाचन आयोगमा दर्ता छ,’ अध्यक्ष कट्टेलले भने, ‘कारबाहीको विज्ञप्ति निकालेका रहेछन् आज केन्द्रीय कार्यालयले यसबारे खण्डन गरेर विज्ञप्ति जारी गर्छ।’

    अध्यक्ष कट्टेलका अनुसार गत पुस १७ देखि १९ मा पार्टीको महाधिवेशन जनकपुरमा भएको थियो। महाधिवेशनबाट आफू अध्यक्ष निर्वाचित भएकोले गुटका नेताले कारबाही गर्दैमा कारबाही नहुनेु उनले बताए।

    अब बस्ने केन्द्रीय समिति बैठकले विज्ञप्ति जारी गर्दै हिँड्नेहरूविरूद्ध छलफल गरी आवश्यक निर्णय लिने पनि कट्टेलले बताए।

    आफूविरूद्धका यस्ता कदमलाई उनले पार्टीभित्र आकर्षण रहेकोले पार्टीको नाम लिन विभिन्न शक्तिले चलखेल गरिरहेकोसमेत दाबी गरेका छन्।


    आइतवार, माघ १६ २०७८०१:०४:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij