काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग भेट्ने भएका छन्।
स्थानीय तहको निर्वाचनको मितिका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीलाई बोलाएका हुन् । दिउँसो ३ बजे प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच बालुवाटारमा छलफल हुने भएको छ।
जेठमा निर्वाचन गर्ने सत्ता गठबन्धनमा सहमति बनेपछि देउवाले मितिका सन्दर्भमा छलफल गर्न आयोगका पदाधिकारी बोलाएका हुन् । जेठको पहिलो साता एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने सोंचमा देउवा छन् ।
आयोगले यसअघि सरकारलाई वैशाख १४ को मिति प्रस्ताव गरेको थियो। दुई चरणमा निर्वाचन गर्ने भएमा वैशाख १४ र २२ मा गर्न सकिने आयोगले सुझाएको थियो ।