Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पहिलो हाफमा सुजलको गोलमा नेपाललाई १ गोलको अग्रता

पहिलो हाफमा सुजलको गोलमा नेपाललाई १ गोलको अग्रता

  • मंगलवार, माघ १८ २०७८

  • 1.2K
    SHARES

  • पहिलो हाफमा सुजलको गोलमा नेपाललाई १ गोलको अग्रता

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले अहिले अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गरिरहेको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले १(० गोलको अग्रता बनाएको छ ।

    खेलको दशौँ मिनेटमा सुजल श्रेष्ठले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । आशिष लामाले प्रहार गरेको बलमा पेनाल्टी क्षेत्र भित्र रहेका पुजन उपरकोटीले उपलब्ध ब्याक फ्लिक पासमा सिक्स यार्ड बक्सबाट सुजलले वान टचमा गोल गरे ।

    यस्तै खेलको १३ औं मिनेटमा मरिससका कप्तान एन्डी सोफीले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले बचाए ।

    नेपालका दिनेश राजवंशीले लिन्स्ले बर्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि मरिससले पेनाल्टी पाएको थियो।

    नेपाल आज मरिससविरुद्ध लगातार दोस्रो जितको खोजीमा रहेको छ । शनिबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले मरिससलाई १(० गोल अन्तरले हराएको थियो । नेपालको जितमा विमल घर्तिमगरले निर्णायक गोल गरेका थिए ।

    यता, मरिसस पनि दोस्रो खेलमा जित निकाल्न चाहन्छ । नेपाललाई हराएर मरिसस पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।


    मंगलवार, माघ १८ २०७८०५:३७:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij