Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड बालुवाटारमा, यी बिषयमा छलफल हुँदै !

प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड बालुवाटारमा, यी बिषयमा छलफल हुँदै !

  • बुधवार, माघ १९ २०७८

  • 820
    SHARES

  • प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड बालुवाटारमा, यी बिषयमा छलफल हुँदै !

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा र प्रचण्डबीच भेटवार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    सचिवालयका अनुसार उनीहरुबीच स्थानीय तहको निर्वाचन, एमसीसी लगायतका विषयमा छलफल भइरहेको छ । निर्वाचन आयोगले जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरेको छ ।

    आयोगको सिफारिस अनुसार निर्वाचनको मिति तोक्ने प्रधानमन्त्रीको तयारी छ । अब बस्न मन्त्रिपरिषद बैठकबाट निर्वाचनको मिति घोषणा गरिने छ । पछिल्लो समय एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धन दलहरूका बीचमा मतभेद छ ।

    प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी अगाडि बढाउने पक्षमा देखिएका छन् भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसी संशोधन नगरी कार्यान्वयन गर्न नसकिने अडानमा देखिएको छ ।


    बुधवार, माघ १९ २०७८०१:१२:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij