Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री देउवाको भाषण विज्ञमा किरण गजुरेल नियुक्त

प्रधानमन्त्री देउवाको भाषण विज्ञमा किरण गजुरेल नियुक्त

  • बुधवार, माघ १९ २०७८

  • 874
    SHARES

  • प्रधानमन्त्री देउवाको भाषण विज्ञमा किरण गजुरेल नियुक्त

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’मा नुवाकोटका किरण गजुरेललाई नियुक्त गरेका छन् ।

    नुवाकोटका गजुरेलले प्रधानमन्त्रीको भाषण, मन्तव्य तथा वक्तव्य विज्ञमा मङ्गलबार नियुक्त पाएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    त्रिभूवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गजुरेल राजनीतिक विचार लेखन तथा प्रशिक्षणमा विशेष दखल राख्नुका साथै अनुसन्धानात्मक कार्यमा सक्रिय छन्। उनका विभिन्न अनुसन्धानात्मक कृति पनि प्रकाशित छन्।

    यसअघि नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागको सदस्य रहेका गजुरेलले नेपाली कांग्रेसको १३औं र १४औं महाधिवेशनमा कांग्रेस सभापति देउवाको जनसम्पर्क कार्यालयमा रहेर काम गरेका थिए।


    बुधवार, माघ १९ २०७८०२:४८:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij