काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो स्वकीय सह–सचिवमा चूडामणि कँडेललाई नियुक्त गरेका छन् । प्रधानमन्त्रीको नीजि सचिवालयमा कार्य गर्ने गरी बाँकेका कँडेलले जिम्मेवारी पाएका छन् ।
यसअघि पनि उनले कांग्रेसका विभिन्न मन्त्रीको सचिवालयमा रहेर काम गरेका थिए।
प्रधानमन्त्री नियुक्त भएको ६ महिनापछि सचिवालयलाई पूर्णता दिने क्रममा प्रधानमन्त्री देउवाले आफ्नो आईटी विज्ञका रूपमा दिपेश विष्ट र भाषण तथा मन्तव्य विज्ञका रुपमा किरण गजुरेललाई नियुक्त गरेका छन्।