Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जनमत पार्टीको आन्दोलनका कार्यक्रम स्थगित

जनमत पार्टीको आन्दोलनका कार्यक्रम स्थगित

  • शुक्रवार, माघ २१ २०७८

  • 657
    SHARES

  • जनमत पार्टीको आन्दोलनका कार्यक्रम स्थगित

    काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलन स्थगित गरेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मौसममा प्रतिकूलतका कारण आन्दोलनका कार्यक्रम तत्काललाई स्थगित गर्ने निर्णय गरेको महासचिव चन्दन सिंहले जानकारी दिएका छन् ।

    जनमत पार्टीले गत माघ २ गतेदेखि तराई मधेसमा किसानका विभिन्न मुद्दाका उठाएर सडक अवरोधसहित प्रदर्शन गर्दै आएको थियो । जनमतले आन्दोलनका क्रममा सर्वसाधारणका गाडीमा समेत तोडफोड र अगाजनीसमेत गरेको थियो । कर्मचारीलाई मोसो दल्ने, सार्वजनिक तथा व्यक्तिका गाडी तोडफोड गर्ने र लाठा लिएर सडकमा प्रदर्शन गरेर अराजकता मच्चाउँदै आएको यो पार्टीले पछिल्लो समय किसान आन्दोलनका नाममा पूर्वपश्चिम राजमार्ग अस्तव्यस्त पारिरहेको थियो ।

    बिहीबार रातिदेखि देशभर असिना र पानी परिरहेको छ । मौसममा एक हप्तासम्म यस्तै रहने पूर्वानुमान रहेको उल्लेख गर्दै जनमत पार्टीले लोकमार्गकेन्द्रित कार्यक्रमको सट्टामा गाउँपालिका नगरपालिकाकेन्द्रित अन्तरक्रियामूलक कार्यक्रम गर्ने जनाएको छ ।

    मौसममा सुधार आएपछि फागुन १ गतेदेखि आन्दोलनका कार्यतालिका अर्को बैठकबाट निर्णय गरिने पनि महासचिव सिंहले जनाएका छन् ।

    ck rawat andolan.jpg


    शुक्रवार, माघ २१ २०७८०१:०१:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij