Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सेन्ट्रल जोन विजेता महिला भलिबल टोली नगदसहित सम्मानित

सेन्ट्रल जोन विजेता महिला भलिबल टोली नगदसहित सम्मानित

  • शुक्रवार, माघ २१ २०७८

  • 630
    SHARES

  • सेन्ट्रल जोन विजेता महिला भलिबल टोली नगदसहित सम्मानित

    काठमाडौँ । बंगलादेशमा आयोजना भएको एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला भलिबल टोलीलाई सरकारले नगदसहित पुरस्कृत गरेको छ।

    प्रधानन्त्रीनिवास बालुवाटारमा शुक्रबार(आज) प्रधानमन्त्री शेरबहादुर देउवाले विजेता महिला भलिबल टोलीलाई नगदसहित पुरस्कृत गरेका हुन्।

    प्रधानमन्त्री देउवाले उपाधि विजेता टोलीका १२ जना खेलाडीलाई जनही ५/५ लाख प्रदान गरे। यस्तै, २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गरेको छ।

    गत पुसमा उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपालको महिला टिम च्याम्पियन बनेको थियो । नेपाल लगातार दोस्रोपटक च्याम्पियन बनेको हो ।

    टोलीमा खेलाडीहरु अरुणा शाही (कप्तान), मनिषाकुमारी चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, उषा भण्डारी, प्रतिमा माली, सलिना श्रेष्ठ, सरस्वती चौधरी, सुनिता खड्का, सफिया पुन, कृपा अधिकारी र शान्तिकुमारी थारु थिए ।

    यस्तै, टोलीमा प्रमुख प्रशिक्षक जगदीशप्रसाद भट्ट र प्रशिक्षक भरत यादव तथा व्यवस्थापक ज्योति केसी रहेका थिए ।


    शुक्रवार, माघ २१ २०७८०२:४२:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij