Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रदेश–१ मा मन्त्रालय बढाएको भन्दै एमालेको विरोध

प्रदेश–१ मा मन्त्रालय बढाएको भन्दै एमालेको विरोध

  • शुक्रवार, माघ २१ २०७८

  • 585
    SHARES

  • प्रदेश–१ मा मन्त्रालय बढाएको भन्दै एमालेको विरोध

    काठमाडौं – प्रदेश १ सरकारले मन्त्रालयको संख्या बढाएर १२ पुर्‍याएकामा प्रमुख विपक्षी दल नेकपा एमालेले विरोध जनाएको छ ।

    नेकपा एमाले प्रदेश–१ संसदीय दलको नेता भीम आचार्यले विज्ञप्ति जारी गर्दै प्रदेश सरकार जनविरोधी र वाइह्यात रहेको आरोप लगाएको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘ नेकपा एमाले संसदीय दल सरकारको यस्तो जनविरोधी रवैयाको निन्दा र भर्त्सना गर्दछ र यस्ता कामहरु अविलम्ब रोक्‍न तथा बाढी(पहिरो पीडित जनताको राहतको निम्‍ति अघिल्लो सरकारले गरेका निर्णयहरु कार्यान्वन गर्न आह्वान गर्दछ।’

    यस्तै महामारीविरुद्धको खोप कार्यक्रम व्‍यवस्थित गर्न, प्रदेश सभाले पारित गरेको नीति कार्यक्रम कार्यान्वयन गर्न किसानलाई सुलभ तरिकाले मल, बीउ उपलब्ध गराउन तथा राजस्व नीतिमा सुधार ल्‍याउँदै बजेटको आकार दोब्बरले वृद्धि गरी विकास र राहत अभियानलाई तीव्रता दिन नेकपा एमाले प्रदेश–१ ले प्रदेश सरकारले आग्रह गरेको छ ।

    CPN-UML-Pradesh1-Samsadiya-dal-release.jpg


    शुक्रवार, माघ २१ २०७८०४:३१:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij