Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राप्रपामा ‘निर्मल निवासको हस्तक्षेप’ पेचिलो बन्दै, विकल्प खोज्न कमल थापा समूहमा छलफल

राप्रपामा ‘निर्मल निवासको हस्तक्षेप’ पेचिलो बन्दै, विकल्प खोज्न कमल थापा समूहमा छलफल

  • शुक्रवार, माघ २१ २०७८

  • 871
    SHARES

  • राप्रपामा ‘निर्मल निवासको हस्तक्षेप’ पेचिलो बन्दै, विकल्प खोज्न कमल थापा समूहमा छलफल

    काठमाडौं – आन्तरिक राजनीतिमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाहले खेलेको भूमिकाका बारेमा राष्ट्रिय प्रजातन्त्र पार्टीले छानबिन नगरे कमल थापाले विकल्प खोज्ने भएका छन् । एकता महाधिवेशनमा पूर्वराजा शाहले पार्टीको आन्तरिक राजनीतिमा खेलेर आफूलाई पराजित गराएको भन्दै असन्तुष्ट रहँदै आएका निवर्तमान अध्यक्ष थापा आफूले राखेको मागमा छानबिन नभएमा विकल्प खोज्ने तयारीमा लागेका हुन् । शुक्रबार दिउँसो विशालनगरस्थित थापा निवासमा उनी पक्षका राप्रपाका शीर्ष नेताहरुबीच छलफल जारी छ ।

    ‘कमल थापाज्यूले राप्रपाको राजनीतिमा निर्मल निवास र पूर्व राजाबाट भएको हस्तक्षेपका बारेमा छानबिनको माग गर्नुभएको छ, सो बारेमा छानबिन नभएमा विकल्पबारे स्वाभाविक रुपमा छलफल हुनेछ,’ थापा निकट केन्द्रीय सदस्य राजाराम बर्तौलाले भने । उनका अनुसार ‘पार्टी नै विभाजन गर्ने गरी’ छलफल नभए पनि अन्य विकल्पमा जानुपर्नेमा अधिकांश नेताले राय र सुझाव दिइरहेका छन् ।

    गत १५–१८ मंसिरमा सम्पन्न राप्रपाको एकता महाधिवेशनमा थापालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी भएका थिए । आफू पराजित भएपछि थापाले ‘पूर्वराजाले राप्रपामा हस्तक्षेप गरेको’ सार्वजनिक आरोप लगाउँदै आएका छन् । थापाले सो विषयमा छानबिन गर्न मंसिर र माघमा गरी दुईपटक अध्यक्षलाई पत्र लेखिसकेका छन् । थापाले पहिलोपटक २७ मंसिर र दोस्रोपटक १६ माघमा अध्यक्ष लिङ्देनलाई पत्र लेखी औपचारिक आग्रहसमेत गरेका थिए ।

    ‘मैले २०७८ मंसिर २७ गते पठाएको पत्रमा उल्लेखित विषयलाई तत्काल केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्न तथा त्यसबारे आवश्यक संशोधन गर्न आग्रह गर्दै यो स्मरण पत्र पठाएको छु,’ थापाले लिङ्देनलाई लेखेको पत्रमा भनेका थिए, ‘फेरि पनि मेरो मागलाई उपेक्षा गरेर मलाई भित्तामा पुर्याउने तथा पार्टीलाई दुर्घटनातर्फ धकेल्ने कार्य तपाईंबाट हुने छैन भन्ने अपेक्षा गरेको छु ।’

    लिङ्देनले पाँच वर्ष पार्टी हाँक्ने विषयलाई समर्थन जनाउँदै थापाले ‘सबैलाई समेटेर पार्टीलाई दुर्घटनाबाट जोगाउने पनि तपाईको मुख्य जिम्मेवारी हो’ भन्दै लेखेको पत्रलाई सम्बोधन नगरेको भन्दै असन्तुष्ट छन् ।

     


    शुक्रवार, माघ २१ २०७८०४:५०:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij