Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

आज पनि विभिन्न ठाउँमा वर्षा र हिमपातको संभावना

आज पनि विभिन्न ठाउँमा वर्षा र हिमपातको संभावना

मध्याह्नपछि मौसममा सुधार आउने
  • शनिवार, माघ २२ २०७८

  • 761
    SHARES

  • आज पनि विभिन्न ठाउँमा वर्षा र हिमपातको संभावना

    काठमाडौं । बिहीबार रातिदेखि लगातार परेको वर्षाले देभरको जनजीवन नराम्ररी प्रभावित भएको छ। आज पनि देशका विभिन्न ठाउँमा वर्षा र हिमपात हुने मौसमविद्ले बताएका छन्।

    बिहीबार रातिदेखि सक्रिय भएको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले शनिबार पनि प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    यस्तै देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।

    यसकै प्रभावले अहिले पनि प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

    मौसमविद् मानन्धरका अनुसार यो प्रणाली क्रमिक रुपमा कमजोर हुँदै गएकाले दिउँसोपछि पानी र हिउँ पर्न कम हुँदै जानेछ।

    आज राति प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेर देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराईका भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

    यस्तै आइतबार दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने राति प्रदेश १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली भएर देशका बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

    सोमबार भने देशको उच्च पहाडी तथा हिमाली भेगको थोरै स्थानमा हल्का हिमपात हुने सम्भापना छ। अरु ठाउँको मौसम भने सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


    शनिवार, माघ २२ २०७८०७:१५:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij