Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रदेश १ मा मन्त्रीपरिषद् विस्तार, नवनियुक्त मन्त्रीहरुद्धारा पद तथा गोपनीयताको शपथ ग्रहण

प्रदेश १ मा मन्त्रीपरिषद् विस्तार, नवनियुक्त मन्त्रीहरुद्धारा पद तथा गोपनीयताको शपथ ग्रहण

  • आइतवार, माघ २३ २०७८

  • 718
    SHARES

  • प्रदेश १ मा मन्त्रीपरिषद् विस्तार, नवनियुक्त मन्त्रीहरुद्धारा पद तथा गोपनीयताको शपथ ग्रहण

    काठमाडौं – प्रदेश नम्बर १ का नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री राजेन्द्र राईको सिफारिसमा प्रदेश प्रमुखले नवनियुक्त मन्त्रीहरुलाई नियुक्त गरेसँगै आइतबार नै शपथ ग्रहण सम्पन्न भएको हो । प्रदेश १ मा भागबण्डाकै लागि मन्त्रालय फुटाएर १४ सदस्यीय बनाइएको छ ।

    मुख्यमन्त्री कार्यालयका अनुसार रामकुमार राई, राजन राई, खिनु लिम्बु, झलकबहादुर मगर, शेखरचन्द्र थापा, ओम प्रकाश सरावागी, प्रतापप्रकाश हाङगाम, उपेन्द्रप्रसाद घिमिरेले मन्त्रीको शपथ लिएका छन् । यस्तै विष्णु तुम्बाहम्फेले राज्यमन्त्रीको शपथ लिएका छन् ।

    गत कात्तिक १६ मा गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरिएको हो । इन्द्रबहादुर आङ्बो, आर्थिक मामिला, हिमाल कार्की सडक पूर्वाधार तथा सहरी, केदार कार्की आन्तरिक मामिला, जयराम यादव स्वास्थ्यमन्त्री यसअघि नै बनेका थिए ।

    आइतबार थपिएका रामकुमार राई खानेपानी तथा सिंचाई तथा ऊर्जा, राजन राई सामाजिक विकास, खिनु लिम्बु पर्यटन तथा संस्कृति, झलकबहादुर मगर कृषि, शेखरचन्द्र थापा बन, वातावरण तथा भू –संरक्षण, ओमप्रकाश सरवागी उद्योग, श्रम तथा रोजगार, प्रताम प्रकाश हाङगाम भूमि व्यवस्था र उपेन्द्रप्रसाद घिमिरे यातायात व्यवस्था तथा सञ्चार मन्त्री बनेका छन् । यस्तै राज्यमन्त्री बनेका विष्णु तुम्वाहाम्फेले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।


    आइतवार, माघ २३ २०७८०२:४६:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij