Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

स्थानीय चुनावको तयारीबारे अर्थ र गृहमन्त्रीबीच छलफल

स्थानीय चुनावको तयारीबारे अर्थ र गृहमन्त्रीबीच छलफल

  • बुधवार, माघ २६ २०७८

  • 822
    SHARES

  • स्थानीय चुनावको तयारीबारे अर्थ र गृहमन्त्रीबीच छलफल

    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचनलक्षित बजेटबारे छलफल भएको छ ।

    गृहमन्त्रालयमा भएको छलफलमा निर्वाचनलक्षित बजेटमा पनि विशेषगरी सुरक्षा निकाय (नेपाल प्रहरी र सशस्त्र प्रहरी) का लागि अत्यावश्यक सवारीसाधन र बन्दोबस्तीका सामानबारे कुराकानी भएको नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सहसचिव डा। भिष्मकुमार भुसालले जानकारी दिए ।

    उनकाअनुसार अब गृहमन्त्रालयले विहीबारसम्म चालूतर्फको समेत बजेट यकिन गरेर अर्थमन्त्रालयमा पठाउनेछ ।

    गृहमन्त्री खाणको पहलमा भएको छलफलमा गृहसचिव टेकनारायण पाण्डे, अर्थसचिव मधु मरासिनीसहित गृहका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौला, योजना महाशाखा प्रमुख डा. भुसालसहित सम्बन्धित महाशाखाका कर्मचारीहरू सहभागी थिए ।

    अर्थमन्त्री शर्माले निर्वाचनमा मन्त्रालयलाई परेको चापबारे जानकारी गराउँदै गर्नैपर्ने विषयमा जानकारी गराउन भनेका छन् ।

    नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचनमा खटिनका लागि सवारीसाधन र बन्दोबस्तीका सामान माग गरेपछि गृहमन्त्री खाणले अर्थसँग छलफल गरेका हुन् ।


    बुधवार, माघ २६ २०७८०१:५५:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij