Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सबै स्थानीय तहमा उम्मेदवारी दिने राप्रपाको निर्णय

सबै स्थानीय तहमा उम्मेदवारी दिने राप्रपाको निर्णय

  • बिहिवार, माघ २७ २०७८

  • 591
    SHARES

  • सबै स्थानीय तहमा उम्मेदवारी दिने राप्रपाको निर्णय

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सबै स्थानीय तहमा उम्मेदवार खडा गर्ने निर्णय गरेको छ ।

    बिहीबार बसेको पार्टीको केन्द्रीय पदाधिकारी बैठकमा महामन्त्री तथा स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकले पेश गरेको स्थानीय तह निर्वाचन विशेष कार्ययोजनामाथि छलफल भएको थियो ।

    जसमा सबै स्थानीय तहमा उम्मेदवार खडा गर्ने, पार्टीको संगठन सुदृढ र क्रियाशील तुल्याउने, पार्टीको सम्पूर्ण शक्ति स्थानीय तहको निर्वाचनमा परिचालन गर्ने, देशव्यापी पार्टी प्रवेश र कोणसभा गर्नेलगायत निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार जिल्ला कार्यसमिति र स्थानीय तह अन्तर्गतका समितिको सिफारिसमा फागुन मसान्तभित्र उम्मेदवार छनोट गर्ने निर्णय भएको छ ।


    बिहिवार, माघ २७ २०७८०५:३६:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij