Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

चुनावसम्म गठबन्धन रहन्छ, कार्यसूचिलाई अघि बढाई सकिएको छ : मन्त्री पौडेल

चुनावसम्म गठबन्धन रहन्छ, कार्यसूचिलाई अघि बढाई सकिएको छ : मन्त्री पौडेल

  • शनिवार, माघ २९ २०७८

  • 920
    SHARES

  • चुनावसम्म गठबन्धन रहन्छ, कार्यसूचिलाई अघि बढाई सकिएको छ : मन्त्री पौडेल

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तीनवटै तहको निर्वाचन सम्पन्न नहुन्जेलसम्म अहिलेको सत्तारुढ गठबन्धन कायमै रहने दावी गरेका छन् ।

    सत्तारुढ माओवादी केन्द्रका नेतासमेत रहेका उनले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नेगरी सत्तारुढ गठबन्धनले आफ्नो कार्यसूचिलाई अघि बढाएको पनि बताए ।

    शनिबार रिपोर्टस क्लबमा आयोजित साक्षात्मकारमा मन्त्री पौडेलले स्थानीय तहको निर्वाचन सम्पन्न हुनेवित्तिकै सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गर्ने बताए ।

    ‘अहिलेकै गठबन्धनले तीन वटै तहको निर्वाचन कम्प्लिट गर्छ । र, यही गठबन्धनले एक वर्षभित्रमा सबै चुनावहरु गरेर स्थानीय तहको सरकार, प्रदेश तहको सरकार र संघीय सरकार निर्वाचनको प्रक्रियाबाट नयाँ नबन्दासम्म सकुशल निर्वाचन गर्ने गरी यो गठबन्धनले आफ्नो कार्यसूची अघि बढाएको छ’ उनले भने ।

    मन्त्री पौडेलले माओवादी केन्द्रले सत्तारुढ गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जान चाहेको र गठबन्धन दलका शीर्ष नेताहरुबीच पनि यही सहमति भएको बताए ।


    शनिवार, माघ २९ २०७८०३:२७:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij