Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

ओलीले बोलाए सचिवालय र संसदीय दलको बैठक

ओलीले बोलाए सचिवालय र संसदीय दलको बैठक

  • आइतवार, फाल्गुण १ २०७८

  • 1.1K
    SHARES

  • ओलीले बोलाए सचिवालय र संसदीय दलको बैठक

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालय बैठक बोलाएका छन्।

    आइतबार(आज) बेलुका भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा बस्नेगरी सचिवालय बैठक आह्वान भएको ओलीका प्रेस सहयोगी रामशरण बजगाईंले बताए।

    बैठक प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध आइतबार संसद् सचिवालयमा दर्ता भएको महाभियोग र आसन्न स्थानीय निर्वाचनबारे छलफल हुने बुझिएको छ।

    यस्तै एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमालेले भोलि, सोमबार बिहान ११ बजेका लागि संसदीय दलको बैठक समेत बोलाएको हो । प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बैठक संसद् भवन बानेश्वरको ल्होत्से हलमा बस्नेछ ।


    आइतवार, फाल्गुण १ २०७८०२:१९:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij