Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सिंहदरबारमा सभामुखले बोलाएको सर्वदलीय बैठक सुरु, एमाले अनुपस्थित

सिंहदरबारमा सभामुखले बोलाएको सर्वदलीय बैठक सुरु, एमाले अनुपस्थित

  • सोमवार, फाल्गुण २ २०७८

  • 908
    SHARES

  • सिंहदरबारमा सभामुखले बोलाएको सर्वदलीय बैठक सुरु, एमाले अनुपस्थित

    काठमाडौँ । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकमा एमाले बाहेक संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरु सहभागी छन् ।

    बैठकमा काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव लगायतका नेताहरु सहभागी छन् ।

    सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि सभामुखले सर्वदलीय बैठक बोलाएका हुन् । बैठकले महाभियोग परामर्श समिति गठन गर्ने तयारी गरेको छ ।


    सोमवार, फाल्गुण २ २०७८०२:३७:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij