Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

विश्वकप छनोट : बलिङमा चम्किँदा नेपालको विजयी सुरुवात

विश्वकप छनोट : बलिङमा चम्किँदा नेपालको विजयी सुरुवात

  • शुक्रवार, फाल्गुण ६ २०७८

  • 983
    SHARES

  • विश्वकप छनोट : बलिङमा चम्किँदा नेपालको विजयी सुरुवात

    काठमाडौं । ओमानमा जारी टी २० विश्वकप छनोटअर्गत पहिलो खेलमा नेपाल विजयी भएको छ ।

    नेपालले ओमानलाई ३९ रनले पराजित गरेको हो । ओमानका लागि नासिम खुसीले २४ रन बनाउनुबाहेक अरुले दोहोरो रन बनाउन सकेनन् । जतिन्दर सिंह ९, खवार अलि ७, कल्लिमुह ५, आएन खान ३, कप्तान जिसन मक्सुद २ रनामा आउट भए ।

    नेपालका लागि कमल सिंह ऐरी ३ विकेट, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान २ विकेट तथा अविनाश बोहरा र जितेन्द्र मुखियाले १–१ विकेट लिए ।

    यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर ११७ रन बनाएको थियो । आरिफ शेखले सर्वाधिक ३८ रन बनाए ।

    आसिफ शेख पहिलो ओभरमै ४ रनको व्यक्तिगत स्कोरमा आउट भए । तेस्रो ओभरमा अर्का ओपनर कुशल भुर्तेल पनि ५ रनको स्कोरमा आउट भए । दुवैलाई ओमानका तीव्र बलर विलाल खानले क्याच आउट गराएका हुन् ।

    पूर्वकप्तान ज्ञानेन्द्र मल्लले १५ रन, दीपेन्द्रसिंह ऐरीले ११, लोकेश बम १६, विवेक यादवले ७ रन जोडे । कप्तान सन्दीप लामिछाने १६ रनमा अविजित रहे ।

    ओमानका खवार अलीले ३ र विलाल खानले २ विकेट लिए । साथै फयाज बुट र जिसन मुक्सुदले १र१ विकेट लिए ।


    शुक्रवार, फाल्गुण ६ २०७८०२:५८:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij