Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आज थप ४३७ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

आज थप ४३७ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

  • शुक्रवार, फाल्गुण ६ २०७८

  • 710
    SHARES

  • आज थप ४३७ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १३३ जनाको पीसीआर परीक्षणमा २७५ जना र ३ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा १६२ जना गरी ४३७ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई हजार ४५४ रहेको छ भने कोरोना संक्रमणबाट २ जनाको मृत्‍यु भएको छ ।

    शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १३ हजार ५४४ पुगेको छ ।


    शुक्रवार, फाल्गुण ६ २०७८०४:५४:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij