Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गठबन्धनलाई पानी मुनिबाट निकालेर भए पनि ठेगान लगाउने केपी ओलीको चेतावनी

गठबन्धनलाई पानी मुनिबाट निकालेर भए पनि ठेगान लगाउने केपी ओलीको चेतावनी

  • शनिवार, फाल्गुण ७ २०७८

  • 681
    SHARES

  • गठबन्धनलाई पानी मुनिबाट निकालेर भए पनि ठेगान लगाउने केपी ओलीको चेतावनी

    काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्तारुढ गठबन्धनलाई पानीमुनि गए पनि ठेगान लगाउने चेतावनी दिनुभएको छ । आज भक्तपरमा आयोजित एककार्यक्रममा ओलीले गठबन्धनको आयु १ वर्षको मात्रै भएको पनि बताउनुभयो ।

    ‘चुनाव छिट्टै आउँदै छ । चुनावले नतिजा देखाउने छ,’ उहाले भन्नुभयो, ‘पानी मुनि गए पनि यो स्वार्थी गठबन्धन बच्न सक्ने छैन।’

    सरकार जिउँदो देखिए पनि चटपट पनि नगरेको ओलीले टिप्पणी गर्नुभयो । ‘वर्तमान सरकार चलिरहेको छैन । यो सरकारले काम गरिरहेको छैन। सरकार जिउँदै छ तर सरकार चटपटाउँदैन अलि चटपटायो भने उपद्रो गर्छ,’ ओलीले भन्नुभयो, ‘हामी सरकारमा हुँदा यो गठबन्धनले कुप्रचार गरेर हैरान पाथ्र्यो । अहिले आन्तरिक किचलो मै रुमल्लिएको छ।’

    अहिलेको गठबन्धन सरकारका कारण मुलुक चरम आर्थिक संकटतर्फ गइरहेको भन्दै ओलीले यो डरलाग्दो अवस्था रहेको बताउनुभयो ।

    उहाँले कुख्यता भ्रष्टाचारी सरकारका मानिसहरु आफ्ना विरुद्ध उजुरी लिएर अख्तियारमा गएको पनि ओलीले आरोप लगाउनुभयो । संसदबाट नसकेर अदालतमा गएर आफूलाई सरकारबाट हटाएको चर्चा गर्दै ओलीले मुद्दा जितेर सरकार निर्माण गरेको पनि बताउनुभयो ।


    शनिवार, फाल्गुण ७ २०७८०४:१२:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij