Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बलिउड अभिनेता सञ्‍जय दत्त अस्पताल भर्ना, कोरोना रिपोर्ट भने नेगेटिभ

बलिउड अभिनेता सञ्‍जय दत्त अस्पताल भर्ना, कोरोना रिपोर्ट भने नेगेटिभ

  • सोमवार, श्रावण २६ २०७७

  • 1.2K
    SHARES

  • बलिउड अभिनेता सञ्‍जय दत्त अस्पताल भर्ना, कोरोना रिपोर्ट भने नेगेटिभ

    एजेन्सी । बलिउड अभिनेता सञ्‍जय दत्तलाई शनिबार साँझ लीलावटी अस्पतालमा भर्ना गरिएको छ । छाती र अक्सिजनको मात्रामा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको हो ।

    ६१ वर्षीय दत्तलाई अस्पताल लग्‍नेबितिकै  (र्‍यापिड एन्टिजेन) परीक्षण गरी कोरोना परीक्षण गरिएकामा रिपोर्ट नेगेटिभ आएको छ । त्यसपछि गरिएको आरटी-पीसीआर परीक्षण पनि नेगेटिभ आएको चिकित्सकले पुष्टि गरेका छन् ।

    सञ्‍जयको मेडिकल प्यारामिटर र अक्सिजन स्तर किन खस्केको भनेर थाहा पाउन अझै थप केही परीक्षण गर्न बाँकी रहेको उनको उपचार गरिरहेका डा. जलिल पारकरले बताएका छन् । 

    डा. जलिल पारकर स्वयं गत माहिनामात्रै कोरोना संक्रमण मुक्त भएर नियमित काममा फर्किएका चिकित्सक हुन् । सञ्‍जयलाई (इन्टेन्सिभ केयर) मा भर्ना गरिएको तर स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्‍न चिकित्सकहरुले जनाएका छ्न् । 

    अभिनेता स्वयंले पनि ट्‍विटरमार्फत आफ्नो स्वास्थ्य स्थिर रहेको र कोरोनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन् । उनले लेखेका छन्, “सबैमा जानकारी दिन चाहन्छु कि मेरो स्वास्थ्य अवस्था ठीक छ, र मेरो कोरोना रिपोर्ट पनि नेगेटिभ आएको छ ।

    लीलावती अस्पतालका डाक्टर, नर्स र अन्य कर्मचारीहरुको हेरचाहले छिटै घर फर्किनेछु । तपाईंहरुको आशीर्वाद र प्रार्थनाका लागि धन्यवाद ।” (इन्डियन एक्सप्रेस)

     


    सोमवार, श्रावण २६ २०७७०२:१२:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij