Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

केपी ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउँछन् : माधव नेपाल

केपी ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउँछन् : माधव नेपाल

  • शनिवार, फाल्गुण १४ २०७८

  • 780
    SHARES

  • केपी ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउँछन् : माधव नेपाल

    केपी ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउँछन् : माधव नेपाल

    काठमाडौं – सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउने गम्भीर आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले केपी ओली नेतृत्वको सरकारले नेपाललाई इण्डोप्यासिफिक रणनीतिको अंग बनाएर सिध्याउने काम गरेको तर आफूहरुले बचाएको दावी समेत गरे ।

    शनिबार काठमाडौंमा आयोजित एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपालको राष्ट्रिय सम्मेलनमा बोल्दै उनले ओली नेतृत्वको अघिल्लो सरकारका मन्त्री प्रदिप ज्ञवालीले अमेरिकामा गएर नेपाललाई इन्डो प्यासिफिक रणनीतिको अंग बनाउने समझदारीमा हस्ताक्षर गरेको तर आफूहरुले विरोध गरेपछि अमेरिकाले हटाएको बताए ।

    नेपाललाई इण्डोप्यासिफिक रणनीतिको अंग बनाएर ओलीले सिध्याउने प्रयास गरेपनि आफूहरुले विरोध गरेर बचाएको अध्यक्ष नेपालको तर्क थियो । फेरि ओली सत्तामा आए इन्डो प्यासिफिक रणनीतिको अंग बनाएर नेपाललाई सिध्याउने आरोप लगाउँदै उनले त्यसो हुन नदिन पनि सत्तारुढ गठबन्धनलाई जोगाउन लागि परेको बताए । अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीलाई नेपाली राजनीतिको घाँडोको संज्ञा समेत दिए ।

    ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाएर हटाउने अपराधपूर्ण सोच राखेको भन्दै उनले आक्रोश समेत व्यक्त गरे । अध्यक्ष नेपालले भने,‘वामपन्थी र लोकतान्त्रिक शक्तिहरूको एउटा गठबन्धन अहिलेसम्म छ । के होला भोलि भन्ने सबैको मनमा कौतुहल चलिरहेको छ । र, कतिपयले त तुरुन्तै भत्काउनुपर्छ भनिराखेका छन, सर्त राखेर । कस्तो सर्त भन्दाखेरी पूर्वाग्रहपूर्ण सर्त छ । सभामुखलाई सिध्याउनुपर्छ महाअभियोग लगाएर, मुन्ट्याएर निकाल्नुपर्छ । माधव नेपालसहितको १४ जनालाई सिध्याईदिनुपर्छ । मुन्ट्याएर निकालिदिनुपर्छ । कस्तो अपराधपूर्ण चिन्तन ? अनि यस्ता चिन्तन राख्ने मानिसहरु पानी मुनि लुकेर बसेका छन् भने पनि सिध्याउछु भनेर कराउँछन् । यस्ता खालका तत्वहरु नेपाली समाजमा, राजनीतिमा कहाँबाट आए ? घाडो भइदिए । यस्ता घाडोको विरुद्धमा हातेमालो गर्दै अगाडि बढन सक्ने हो भने मात्रै नेपाल सुरक्षित हुन सक्दछ ।’

    अध्यक्ष नेपालले भने, ‘हामी देशको हितको रक्षा गर्नुपर्ने कर्तव्यबाट अभिप्रेरित छौं भने अर्कोतर्फ यो प्रगतिशील गठबन्धनलाई जोगाउनुपर्ने उद्देश्य पनि राखिरहेका छौं । यसअर्थमा यो गठबन्धनलाई जसरी पनि तोड्न खोज्ने तत्वलाई हामी पराजित गर्न चाहन्छौं । एमसीसीको खुलेआम पक्षमा रहेर जाने तत्वहरु को हुन रु जनताले चिनी सकेका छन् ।’


    शनिवार, फाल्गुण १४ २०७८०२:४०:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij