Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

 २ जनाको मृत्यु, थप १५८ जनामा कोरोना संक्रमण

 २ जनाको मृत्यु, थप १५८ जनामा कोरोना संक्रमण

  • मंगलवार, फाल्गुण १७ २०७८

  • 698
    SHARES

  •  २ जनाको मृत्यु, थप १५८ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा १५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ४५८ पीसीआर परीक्षणमा ९२ जना र दुई हजार ४६ एन्टिजेन परीक्षणमा ६६ जना गरी १५८ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३५४ रहेको छ भने संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या सात हजार ९७१ रहेको छ । जसमध्ये ७ हजार ७७३ जना होम आइसोलेसनमा रहेका छन् भने १९८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

    कोरोनाका बिरामीमध्ये ७५ जना आईसीयू र ८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।


    मंगलवार, फाल्गुण १७ २०७८०५:३७:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij