Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आयाल निगमको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस

आयाल निगमको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस

  • बिहिवार, फाल्गुण २६ २०७८

  • 1.1K
    SHARES

  • आयाल निगमको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस

    काठमाडौँ । नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि तीनजनाको नाम सिफारिस भएको छ । निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि गठन भएको सिफारिस समितिको बुधबार बसेको बैठकले तीनजनाको नाम सिफारिस गरेको हो ।

    सिफारिसमा पर्नेहरूमा गोरखा स्थायी घर भएका चण्डिकाप्रसाद भट्ट, तेह्रथुमका जीवनप्रसाद सिटौला र सुर्खेतका उमेशप्रसाद थानी रहेका छन् ।

    आयल निगमको कार्यकारी निर्देशक पद रिक्त भएपछि खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न गएको पुस २५ गते दरखास्त आह्वान गरिएको थियो । सोअनुसार १७ जनाको आवेदन परेको थियो । त्यसमध्ये समितिले तीनजनाको नाम सिफारिस गरेको हो ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयल प्रधानमन्त्री स्वयंले सम्हालिरहेको हुँदा उनले चाहेको व्यक्ति नै निगमको कार्यकारी निर्देशक नियुक्त हुने पक्का छ ।

    आज बस्ने मन्त्रिपरिषद्को बैठकले निगमको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।


    बिहिवार, फाल्गुण २६ २०७८१२:४४:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij