Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आज थप ७३ जनामा कोरोना संक्रमण, मृत्यु शून्य

आज थप ७३ जनामा कोरोना संक्रमण, मृत्यु शून्य

  • शनिवार, फाल्गुण २८ २०७८

  • 768
    SHARES

  • आज थप ७३ जनामा कोरोना संक्रमण, मृत्यु शून्य

    काठमाडौं । पछिल्लो २४ घण्टमा ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार २३८ पीसीआर परीक्षणमा ३० जना र दुई हजार ८२४ एन्टिजेन परीक्षणमा ४३ जना गरी ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १९२ रहेको छ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।

    मन्त्रालयका अनुसार हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या पाँच हजार ५० रहेको छ ।


    शनिवार, फाल्गुण २८ २०७८०४:४७:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij