काठमाडौँ । नेपालमा थप ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा एन्टिजेन र पीसीआर प्रविधिबाट देशभर ७ हजार ८८४ नमूनाको परीक्षण हुँदा आज ८३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
गत २४ घण्टाको कोरोना संक्रमणबाट कसैको मृत्यु भएको विवरण प्राप्त नभएको मन्त्रालयले जानकारी दिएको छ । कोरोना संक्रमणबाट हालसम्म देशभर मृत्यु हुनेको संख्या ११ हजार ९५० रहेको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरि १३० जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । देशभर हाल ४ हजार ७४६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ ।