Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

माओवादीले गर्‍यो कर्णालीका तीन जिल्लाको नेतृत्व हेरफेर

माओवादीले गर्‍यो कर्णालीका तीन जिल्लाको नेतृत्व हेरफेर

  • बुधवार, चैत्र २ २०७८

  • 726
    SHARES

  • माओवादीले गर्‍यो कर्णालीका तीन जिल्लाको नेतृत्व हेरफेर

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशका १० जिल्लामध्ये ३ जिल्ला समन्वय समितिको अध्यक्ष परिवर्तन गरेको छ। स्थानीय निर्वाचनसँगै प्रदेश र संघको निर्वाचन नजिकिन थालेपछि माओवादीले जिल्ला नेतृत्व हेरफेर गरेको हो।

    यसअघि बसेको केन्द्रीय समिति बैठकले कर्णाली प्रदेशको इन्चार्जमा कालीबहादुर मल्ललाई जिम्मेवारी तोकेपछि जिल्ला अध्यक्ष हेरफेर गरिएको हो।

    रुकुम पश्चिम जिल्ला समन्वय समितिको अध्यक्षमा गोविन्द रोका, सुर्खेत जिल्ला समन्वय समितिको अध्यक्ष जितबहादुर राना र हुम्ला जिल्ला समन्वय समितिको अध्यक्षमा डा दीपेन्द्र रोकायलाई जिम्मेवारी दिएको छ। अन्य जिल्ला समन्वय समितिको अध्यक्ष भने यथावत राखिएको माओवादीले जनाएको छ।


    बुधवार, चैत्र २ २०७८०१:५६:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij