Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अदालतले बनाइदिएको गठबन्धनलाई जनताको आँगनमा लगेर पछार्छौ : एमाले अध्यक्ष ओली

अदालतले बनाइदिएको गठबन्धनलाई जनताको आँगनमा लगेर पछार्छौ : एमाले अध्यक्ष ओली

कांग्रेसलाई १३ सिटमा झार्ने दाबी
  • शनिवार, चैत्र ५ २०७८

  • 630
    SHARES

  • अदालतले बनाइदिएको गठबन्धनलाई जनताको आँगनमा लगेर पछार्छौ : एमाले अध्यक्ष ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धन अदालतले बनाइदिएको हुनाले चुनावबाट जनताको आँगनमा लगेर पछार्ने चेतावनी दिनुभएको छ ।

    एमाले सम्पर्क समन्वय कमिटीले शनिबार(आज) आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुद्दा जितेर आएका झगडियाहरुलाई जनतामा जाने अधिकार नै नरहेको बताउनुभयो ।

    ओलीले भन्नुभयो,’यो अदालतले बनाइदिएको गठबन्धन हो । जनताले हो र गठबन्धन बनाइदिएको ? भोटले हो र ? यस्तालाई जनताको आँगनमा लगेर पछार्नुपर्छ । अदालतले बनाएको सरकारलाई मुद्दा लड्न जाउ भन्ने हो,हामी जनताको बीचमा जाने हो ।’

    कांग्रेससँग जनतासँग जाने कुनै एजेण्डा नरहेकाले एमालेको भण्डाफोर गर्ने नीति लिएको भन्दै ओलीले एमाले आउने स्थानीय चुनावमा बहुमत सिट जित्नै पर्ने बताउनुभयो ।

    यस्तै अध्यक्ष ओलीले सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई आगामी चुनावमा १३ सिटमा झारिदने दाबी गर्नुभएको छ । ओलीले पाँच वर्षअघि २३ मा झारिसकेकोले अब १३ सिटमा झारिदिनु पर्ने बताउनुभएको हो ।

    कांग्रेसलाई ६० वर्षमाथिका ज्येष्ठ नागरिकले मत नदिने उल्लेख गर्दै उहाँले युवाहरूले झन भोट हाल्नुपर्ने कारण नभएको जिकिर गर्नुभयो ।

    यस्तै गठबन्धनमा रहेको एकीकृत समाजवादीलाई पार्टी नै नबनेको भन्दै अध्यक्ष ओलीले यही चुनावमै समाप्त हुने टिप्पणी गर्नुभयो । गठबन्धनको अर्को घटक माओवादी केन्द्रलाई यसअघि एमालेले बचाइदिएको दाबी गर्नुभयो ।

    साथै स्थानीय तहको निर्वाचनको सन्दर्भमा अमध्यक्ष ओलीले गडबढ हुने भन्दै मतपेटिका आफूहरूको आँखै अगाडि राख्नुपर्ने माग गर्नुभभएको छ । लाह छाप लगाए पनि कोठाभित्र राखेका बाकसको भर नहुने भन्दै उहाँले त्यसको पहरेदारी गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

    उहाँले ७५३ स्थानीय तहमध्ये अब ४ सयमा जित हासिल गराउनु पर्ने बताउनुभयो । उहाँँले स्थानीय तहको निर्वाचनको असाधारण महत्व रहेको भन्दै जिल्ला जिल्लामा खटिन कार्यकर्तालाई निर्देशन दिनुभयो ।


    शनिवार, चैत्र ५ २०७८०१:३७:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij