Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको सत्ता गठबन्धनका विद्यार्थीको विरोध

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको सत्ता गठबन्धनका विद्यार्थीको विरोध

  • शनिवार, चैत्र ५ २०७८

  • 770
    SHARES

  • पेट्रोलियम पदार्थको मूल्यवृद्धिको सत्ता गठबन्धनका विद्यार्थीको विरोध

    काठमाडौं । सत्ता गठबन्धन दल आवद्ध संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकोप्रति आपत्ति जनाएको छ । सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेसबाहेकका अरु चार दलका विद्यार्थी संगठनले शनिबार विज्ञप्ति जारी गरी मूल्यवृद्धि जनताको हितविरुद्ध भएको भन्दै फिर्ता लिन आग्रह गरेको छ ।

    ‘जनतालाई राहत दिनेतर्फ नसोची पटकपटक गरिएको मूल्यवृद्धि जनहित विरुद्धमा छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘अर्कोतिर पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि देखाएर जनताका दैनिक उपभोग्य समानमा समेत कालोबजारी व्यापक भइरहेको छ । हामी नेपाल सरकार र नेपाल आयल निगमसँग विगतमा संयुक्त विद्यार्थी संगठनसँग गरिएका सम्झौता तत्काल कार्यान्वयन गरी पछिल्लो समय गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन जोडदार माग गर्दछौं ।’

    संयुक्त विज्ञप्तिमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को भने हस्ताक्षर छैन । यसअघि सत्ता गठबन्धन आवद्ध सबै विद्यार्थीले हरेक विषयमा संयुक्त विज्ञप्ति निकाल्ने गरेका थिए ।

    शनिबार जारी गरिएको विज्ञप्तिमा नेविसंघबाहेकका सत्ता गठबन्धनमा आवद्ध विद्यार्थी संगठनको मात्रै हस्ताक्षर छ ।

    विज्ञप्तिमा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादी निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, जनता समाजवादीनिकट समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौंका अध्यक्ष देवेन्द्र कुँवरले हस्ताक्षर गरेका छन् ।

    हेर्नुहोस् विज्ञप्ति

    petrol.png


    शनिवार, चैत्र ५ २०७८०५:२१:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij