Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

न्याय सेवा आयोगको बैठक बस्दै

न्याय सेवा आयोगको बैठक बस्दै

  • आइतवार, चैत्र ६ २०७८

  • 1.5K
    SHARES

  • न्याय सेवा आयोगको बैठक बस्दै

    काठमाडौँ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आइतबार(आज) न्याय सेवा आयोगको बैठक बोलाएका छन् । नयाँ कर्मचारीको पदस्थापन र केही कर्मचारीको सरुवाका विषयमा निर्णय गर्न कार्कीले बैठक बोलाएका हुन् । आयोगका अध्यक्षसमेत रहेका कामु प्रधानन्यायाधीश कार्कीले आइतबार दिउँसो २ बजेका लागि न्याय सेवा आयोगको बैठक बोलाएका न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले बताए ।

    आइतबारको बैठकमा लोकसेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण भएका न्याय सेवाका शाखा अधिकृतहरु तथा उपसचिवको परीक्षा उत्तीर्ण गरेका र बढुवा भएकाहरुको पदस्थापन मुख्य एजेण्डाका रुपमा रहेको छ । त्यसैगरी न्याय सेवाका केही कर्मचारीहरुलाई सरुवा गर्ने एजेन्डासमेत रहेको बताइएको छ ।

    न्याय सेवा आयोगले बैठकबाट न्याय सेवाका केही रजिष्ट्रार (सचिव) हरुको जिम्मेवारी हेरफेर गर्ने हल्ला चलेपनि विशिष्ट श्रेणीका कर्मचारीको सम्बन्धमा भने तत्कालै कुनै निर्णय नहुने आयोग स्रोतले बतायो । यद्यपि कर्मचारीको पदस्थापनसँगै सहसचिवसम्मका केही कर्मचारीको जिम्मेवारी हेरफेर र सरुवा हुनसक्ने आयोगले बताएको छ ।

    प्रधानन्यायाधीश अध्यक्ष रहने आयोगमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश मीरा खड्का, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खाती सदस्य रहेका छन् ।


    आइतवार, चैत्र ६ २०७८१२:३२:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij